झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नं. ७ निन्दा पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नं. को मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको मे ५ प १९४३ नं. को मोटरसाइकलले आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोक्कि पछाडीबाट ठक्कर दिएर भएको दुर्घटनामा मे २ प ७०९२ नं. को मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मे ५ प १९४३ नं. को मोटरसाइकल चालक मेचीनगर–१ का ३३ बर्षिय सुसाहाङ नेम्वाङ रहेका छन् । उनको टाउकोमा चोट लागेर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जनाइएको छ ।
मेचीनगर–१० का ५३ बर्षिय सुर्य नारायण चौधरी घाईते भई एन्जल मेडिकल धुलाबारीमा उपचार भईरहेको जनाइएको छ । दुर्घटना हुने दुई वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको साथै दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।