बुट्टाबारी । 

स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा झापाले दृष्टिबिहिन तथा असक्तहरुलाई न्यानो ज्याकेट बितरण गरेको छ । अभियानले सस्था दर्ता गरेपछि कार्यालय उद्घाटनसँगै झापामा अत्यन्तै जाडो बढिरहेको कारण ६० थान झापाका दृष्टि बिहिनहरुलार्इ र ४२ थान सडकका बेसहारा आर्थिक बिपन्नहरुलार्इ न्यानो ज्याकेट बितरण गरेको हो। 

कार्यक्रममा खोटाङ फर्मा बिर्तामोड–६ बुटाबारीका स्वास्थ्यकर्मी मोसेस खड्काले निःशुल्क स्वास्थ सेवा प्रदान गरेका थिए । विश्व जागरण महाअभियान ट्र्ष्टका प्रमुख  ईश्वर कृष्णजि महाराजबाट २ लाख बराबरको ज्याकेट दिनदुःखीहरुका लागि उपलब्ध गराएका थिए । 

अभियानको कार्यालय उदघाटनमा अनाथ असाय र दृष्टि बिहिनहरु बस्ने घर बनाउनका लागि प्लास्टिक सकलन गरि बिक्रीबाट आएको रकम अभियन्ता गणेश डुङ्गानाले ३० हजार शिवसताक्षिका दम्पती रघुनाथ र प्रमिला भट्टराईले आफ्नो स्वर्गीय छोराको स्मृतिमा ३५ हजार, रामकुमार मेवाहाङ्ग रार्इबाट पाँच हजार बिक्कि चौधरीबाट दुई हजार एक सय र रामेश्वर मन्डल, नरेन्द्र खड्का, इन्दिरा गिरि, अमृता गुरुङ तिलक बिक, कृष्ण गिरी, डिल्ली तामाङ लगायतबाट ३० थान प्लास्टिकका कुर्सी र एक थान अफिस टेबुल सुमन खरेलले हस्तान्तरण गरेका थिए ।  

कार्यक्रममा अतिथि बुद्धिलाल चौधरी, बोलप्रसाद कोइराला, जगतबहादुर मगर, हस्त परियार, निर्मला अग्रवाल, कृष्ण योन्जन मोहनकुमार योगि अभिचन्द्र बास्कोटा अर्जुनधारा ११ का वडा अध्यक्ष खगेन्द्र इङ्गनाम, बिर्तामोड ६ वडा अध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा ट्र्ष्टका प्रतिनिधि किरणकुमार खरेल लगायतले मानवसेवा प्रति सेवा गरेको सराहनीय कार्य प्रति धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।  

अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता गणेश ढुङ्गानाको अध्यक्षता तथा अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देनको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा र सहजीकरण सन्चारकर्मी रन्जित परियारले गरेका थिए ।