बिर्तामोड । 

 बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा आयोजना गरेको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिंक समानता तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न भएको छ । 

पौष १८ गतेदेखि मियावाडीमा भएको ७ दिने तालिम सम्पन्न भएको हो । तालिममा सहभागीहरुलाई  कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कृष्णप्रसाद खरेलले प्रमाण पत्र प्रदान गरेका थिए । वडाध्यक्ष खरेलले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गरे ।

तालिमलाई नगरका वरिष्ट योजना अधिकृत जय तिम्सिना, तालिम संयोजक चनिमाया तामाङ, कल्पना शिवाकोटी लगायतले सहजिकरण गरेका थिए ।  सहभागिहरुले तालिममा सिकेको सिपलाई कार्यन्वयन गर्ने प्रतिवद्ता जनाएका छन् । तालिममा २४ जना सहभागी थिए । 

समापन कार्यक्रममा वडा सदस्य लक्षिमा खतिवडा, हेमलता विश्वकर्मा, न्यायिक समिति सदस्य माया ढकाल, स्थानिय समाजसेवी घनश्याम भण्डारी, चुडामणि ढकाल लगायतको उपस्थिति रहेको थियो ।