सुनसरी । 

सुनसरीको सिमावर्ति क्षेत्रबाट अवैधरुपमा भन्सार छलेर चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारका रेडिमेड कपडा, खाध्यान्नका सामग्री, खैनी तथा कस्मेटिक सामानहरु प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तरगत रहेका प्रहरी इकाईहरुबाट सिमावर्ति इलाकाहरुमा परिचालित प्रहरी गस्ती टोलीले उक्त अवैध सामाग्रीहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव २ लाख ४० हजार ९ सय  बरावरको अवैध सामग्रीहरु आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।