बिराटनगर।

मोरङ र सुनसरी छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित औषधी र गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–२ माझि टोल अस्थाई प्रहरी चौकी मंगलबारेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २० बर्षीय सन्जिब सहनी र चुलाचुली गाउँपालिका–१ ईलामका १६ बर्षीय ममता देवानको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ८१ क्यापसुल र स्पानसिप ८१ चक्की फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी सुनसरीको धरान उप–महानगरपालिका–१३ सुम्निमा चोक स्थित ४७ बर्षीय राम गुरुङको घरमा लुकाई छिपाई गाँजा राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर समुह र ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा घर कोठा भित्र र गुरुङले प्रयोग गर्ने को १ ह १८५६ नम्बरको अटोमा समेत गरी १७ केजी गाँजा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।