झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ बाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–७ का २३ बर्षिय ओम पोर्तेल र भद्रपुर नगरपालिका वडा नं.४ का २२ बर्षिय महमद सवर अन्सारी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी पोर्तेललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम फेला परेपछि नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको छ ।
त्यस्तै अन्सारीलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लाूुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १६ ग्राम ६०० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।