झापा । 

झापाको मेचीनगर र दमकबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१० सुगम टोलका अन्दाजी २८ बर्षिय दीपक राजबंशी र मोरङ रतुवामाई नगरपालिका–१ का ३० बर्षिय संजय महत्तो र सोही स्थानका २५ बर्षिय सवर्ण यादवको रहेका छन् । 

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाँ र ईलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले राजबंशीको घरमा शंका लागेर घर खानतलासी गर्दा कोठा भित्र रहेको काठको ¥याक भित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ १ ग्राम फेला परेकोले उनलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर ६ बसपार्क छेउको बाटोबाट को ७ प ७८०५ नं. को मोटरसाईकलमा सवार महत्तो र यादवलाई चेकजाँज गर्ने क्रममा उनीहरुको साथबाट प्रतिवन्धित लागूऔषध जस्तो देखिने ल्क्ष्त्च्ब्ख्भ्त्–ज्ञण् लेखिएको १५० ट्याप्लेट फेला परेकोले मोटरसाइकलसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।