झापा । 

झापाको प्रहरी चौकी गोलधापको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका वडा नम्बर ३  जवेगु डाँडाबाट सखुवा जातको काठ पक्राउ गरी डिभिजन बन कार्यालयमा बुझाइएको छ । 

प्रहरीले वेवारिसे अवस्थामा काठ फेला पारी डिभिजन बन कार्यालयमा बुझाइएको हो । 

सखुवा जात वेवारिसे काठ १७.२५ क्यु.फिट बेवारीसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागि  डिभिजन वन कार्यालय चन्द्रगढी झापामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।