सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका स्थित तराईकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वनको २४ औं साधारणसभामा सञ्चारकर्मी चुडामणि तिम्सिना (सिएम शर्मा) सहित दर्जनौं सम्मानित भएका छन् ।
सञ्चारकर्मी तिम्सिनाले सञ्चार माध्यमबाट वन क्षेत्रको संरक्षण, संवर्धन र विकासमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै वन समुहले साधारणसभाको अवसरमा तिम्सिनालाई नगदसहित सम्मान गरेको हो ।
त्यसैगरी वन समुहका कर्मचारी मोतीबहादुर मगरलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान भएका छन् । उत्कृष्ट नतिजा तथा जेहन्दार बिद्यार्थीतर्फ उपभोक्ता सदस्यका छोरा छोराछोरीहरु रिजन सुवेदी, अनुषा राई, रोषन (प्रनिषबाबु), निरुपणा प्रसाईं, निर्मला रिजाल, विमर्श दाहाललाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै फरक क्षमता भएका मोहन बहादुर गुरुङ, ज्ञानबहादुर लिम्बू, पञ्चसिला भुजेल, डम्बरबहादुर दर्जी र बीरबहादुर लिम्बूलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा समुहको दशौ समितिको कार्यकाल चलिरहदा पूर्व कार्य समितिलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै पाँचौं पूर्व कार्यसमितिका पदाधिकारी हरुलाई सम्मान गरिएको छ । त्यस्तै दशौ कार्यसमिति छनौटका निमित्त जिम्मेवारी निर्वाह गरेर कार्य सम्पन्न गरेको निर्वाचन समितिलाई पनि सम्मान गरिएको छ ।
जेष्ठ नागरिकतर्फ दलबहादुर कटुवाल, पवित्रादेवी तिम्सिना, चन्द्रप्रसाद उप्रेती, लिलादेवी चापागाईं, मर्करध्वज सुवेदी, टिकादेवी मैनाली, पुण्यप्रसाद मैनाली, बाले मुर्मु मातालाई ज्येष्ठ नागरिकको रुपमा अभिनन्दनसहित कपडा र नगदबाट सम्मान गरिएको छ ।
कार्यक्रममा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई राधाकृष्ण खनाल, भक्तिप्रसाद सिटौला, लखी गणेश कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्र पोखरेल, वन समूहका अध्यक्ष ख्याम ओली लगायतका अतिथिहरुले सम्मान–पत्र, खादा प्रदान गरेका थिए ।
वनसँग प्रत्यक्ष जोडिएका ३४१७ घर धुरी सदस्य रहेको वन समुहको साधारणसभामा अध्यक्ष ख्याम ओलीले वन संरक्षण समिति लगायत ९ औं कार्यसमितिको चौथो बर्षको कार्यक्रमको मुल्यांकन साथै दशौ कार्यसमितिको प्रथम बर्षको बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
अध्यक्ष ओलीले आर्थिक बर्ष २०७८/२०७९ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समुहबाट सन्चालन गरिने निति तथा कार्यक्रमका साथै चालू आर्थिक बर्ष २०७९–२०८० मा विभिन्न शिर्षकबाट आम्दानी तर्फ र खर्च तर्फ समेतको अनुमानित आय व्यय १ करोड ८९ हजार २ सय ३७ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी बन समुहका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक श्रीप्रसाद खरेलले समुहको २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्त सम्ममा समुहलाई १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । तेस्तै खरेलले समुहको २०७९–२०८० को अनुमानित आम्दानी तथा खर्चको बार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत सभामा पेस गरेका थिए ।
कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्षबाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरिएको थियो । छलफलपछि दुबै प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बन्दसत्रमा माइन्युट लेखनको जिम्मेवारी समुहका कार्यलय सचिव नेत्र भट्टराई र सल्लाहकार भीष्म मैनालि गरेका भने माईन्युट प्रमाणीकरण डा. पुण्यप्रसाद पौडेल, कमल मैनाली, तिर्थ खरेल, हरिप्रसाद सेडाई र चन्द्र मैनाली भतिजले गरेका थिए । ‘वन संरक्षण गरौ देशको वातावरण जोगाऔं’ भन्ने मुल नाराका शनिबार वन समुहमा समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य माननीय राधाकृष्ण खनाल, भक्तिप्रसाद सिटौला, लखी गणेश, पूर्व मन्त्री तथा पूर्व प्रदेश शभा सदस्य हिराकुमार थापा, कनकाई नगर उप–प्रमुख आशा शर्मा शिवाकोटी, सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख सुरेशकुमार खनाल, राजनीति दल तर्फबाट दुर्गा प्रसाईं र कनकाई वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
समुहको सचिव मान्तादेवि काफ्ले खरेलको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष ललितबहादुर कार्कीले स्वागत गरेका थिए ।