सुनसरी ।
सुनसरीको इटहरी उप–महानगरपलिका–१३ बाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वर्दिवास नगरपालिका–२ महोत्तरीका ३० बर्षीय राम दुलार महतो रहेका छन् । इटहरी–१३ का रोशन चौधरीको घर अगाडी पार्कीङ गरी राखेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महतोको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।