हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका वडा नं. ३ का सदस्य कर्ण भण्डारीलाई मातृशोक परेको छ ।
उनकी ममतामयी माता गोमादेवी भण्डारीको शुक्रबार (आज) साँझ ५ बजे र २० मिनेटमा हल्दिबारी– ३ स्थित निजी निवासमा ९० वर्षको उमेरमा निधन भएको हो ।
स्व. भण्डारीका तीन छोरी रहेका छन् पाँच छोरा रहेका छन् । स्व.भण्डारीको पार्थिव शरीरको दाह संस्कार भोली शनिवार गरिने पारिवारिक स्रोतले जनाएको छ ।