• सुदिप गिरी 

हल्दिबारी .

झापा हल्दिबारी गाउँपालिका –३ का जनप्रतिनिधिहरू वडा अध्यक्ष बिष्णुप्रसाद ओली, वडा सदस्य अजित बिष्ट र अर्का वडा सदस्य कर्णबहादुर भण्डारीले आफैं खानेपानी पाईप ओसारपसार गर्न लागि परेका छन्।

अहिले वडा नम्बर ३ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत खानेपानीको पाईप बिस्तारका लागि नाला खन्ने काम भईरहेको छ । साबिक जलथल वडा नम्बर २ बाट साबिक वडा नम्बर १ मा खानेपानीको  पाईपहरू उनीहरूले आफै ठेलामा हालेर ओसारपसार गरी श्रमदान गरेका हुन् ।

वडा अध्यक्ष ओली भन्छन् ‘जनताको सेवक भएपछि आफुले सकेको काम गर्न  मन लाग्छ’ । यसअघि पनि उनीहरूले सोलार र सेन्सर बत्ती मर्मतका लागि आफै लागेर श्रमदान गरी मर्मत गरेका थिए ।