झापा ।
झापाको दमक नगरपालिका वडा नम्बर २ खरखरेबाट प्रतिबन्धित लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक–२ का ३६ बर्षिय सन्तोष राजवंशी, सोही स्थानका ३६ बर्षिय लीलाकुमार बुढाथोकी, २८ बर्षिय केशव धिमाल र दमक– १ ३१ बर्षिय सन्दिप लिम्बु छन् ।
उनीहरुलाई सन्तोष राजवंशीको घर भित्र रहेको अवस्थामा पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुले प्रयोग गर्ने को. १४ प.७७८४ र मे.८ प ३०६६ नम्वरको मोटरसाइकल र बिभिन्न कम्पनीको मोवाइल ५ थानसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।