झापा ।
झापाको दमक नगरपालिकाको छुट्टा–छुट्टै स्थानबाट एक महिला र एक पुरुषलाई प्रहरीले प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको छ । दमक–१ श्रीपाली चोकबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पुरुष र दमक–९ बाट एक महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ईलाम फाकफोकथुम गाउँपालिका–४ घर भई हाल दमक– १ कुमाल चोक बस्ने ३९ बर्षिय धनराज आले र दमक–९ कि २६ बर्षिया अनिशा कार्की रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले मे ७ प ५१०७ नम्बर को एफजेट मोटरसाइकल चालक धनराज आलेलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ८०० मिलिग्राम फेला परेको थियो ।
त्यस्तै दमक–९मा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले चिया दोकानमा बसिरहेकी अनिशा कार्कीलाई शंका लागेर चेकजाँज गर्दा उनको साथबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ २ ग्राम फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रण गरिएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।