झापा । 

प्रतिबन्धित लागू औषधसहित झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ७ का एक जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा प्रहरी चौकी शरणामतीको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेका अर्जुनधारा–७ का  अन्दाजी २३ बर्षिय बामदेव मिश्रलाई लागू औषधसहित पक्राउ गरेको हो । 

मिश्रमाथि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ३ ग्राम ५०० मिलि ग्राम फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धा कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।