झापा ।
झापाको झापा गाउँपालिका वडा नम्बर १ सुकुम्बासी टोलबाट प्रतिबन्धित लागूऔषधसहित मोटरसाइकल र तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी टाघनडुब्बाको प्रहरी टोलीले शंका लागेर मे.८ प. ५३४४ नं.को मोटरसाइकललाई रोकेर चेकजाँच कनकाई नगरपालिका वडा नं.५ का अन्दाजी २२ बर्षिय गौरव चुडाल र कनकाई–४ का अन्दाजी ४४ बर्षिय भिमबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट ब्राउन सुगर ३ ग्राम ७०० मिलिग्राम र १ थान डिजिटल तराजु फेला परेकोले मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ भट्टराई चौकमा पैदल हिडिरहेका मेटीनगर–६ का २८ बर्षिय दिलिप लिम्बुलाई शंका लागेर चेकजाँच गर्दाउनको साथबाट खैरो हिरोईन १ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।