चारपाने । 

बीरता लेडी जेसीज बिर्तामोडको बर्ष २०२३ का लागि संगीता गिरीलाई जेसीज पद हस्तान्तरण भएको छ । वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालसहित पूर्व अध्यक्षहरु र सन् २०२२ कि अध्यक्ष संगीता चिमरियाले जेसीज चेन संयुक्त रुपमा गिरीलाई पहि¥याएर  गिरीलाई पद हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा पदभार ग्रहण गरेसँगै अध्यक्ष गिरीले महासचिवमा निशा साक्य, कानूनी सल्लाहकारमा युनिता दवाडी र कोषाध्यक्षमा सुमित्रा भट्टराईलाई मनोनयन गरेकी छिन् । कार्यक्रमकाबिच नयाँ सदस्यलाई स्वागत गरिएको थियो ।

पत्रकारिता पुरस्कार तुलसीप्रसाद निरौलाालाई प्रदान गरिएको थियो । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा पद हस्तान्तरण भएको हो ।