मोरङ ।
मोरङको रंगेली नगरपालिका–१ बवियाबाट लागू औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १५ बोरा (३५) केजी गाँजा फेला पारी ४० बर्षीय मनोज राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न धनकुटा सहिदभुमी गाउँपालिका –२ का २९ बर्षीय बेचन भन्ने हस्त राई सहित प्रदेश नम्बर १–०२–०५० प २७९२ नम्बरको मोटरसाईकल प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।