मोरङ । 

जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाईकल तथा स्कुटर चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पौष १४ गते राती बिराटनगर महानगरपालिका–९ ठाकुरवाडी रोडबाट प्रदेश नं–०१–०२–०४२ प ३७७७ नम्बरको ल्क् मोटरसाईकल हराएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले मोटरसाईकल चोरीमा संग्लग्न रहेका धनपालथान गाउँपालिका–७ का २१ बर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका–७ का २५ बर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका–१९ का २१ बर्षीय विकेश खवासलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

त्यसैगरी सोही दिन बिराटनगर–८ मधुमाराबाट प्रदेश नं–०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको सूचना पाएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका स्थानीय २० बर्षीय सतिस मुखियालाई स्कुटरको पार्ट पुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई चोरी सम्बन्धी मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।