झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बुधबारे बजारबाट फेला परेका बेवारिसे अवस्थाका तीनजना बालकलाई उद्दार गरी अस्थायी संरक्षण केन्द्र इटहरी पठाइएको छ ।
बेवारिसे अवस्थामा फेला परेका १३ बर्षिय एन्जल लिम्बु, ११ बर्षिय सुशील लिम्बु र १० बर्षिय होमन्च मगरलाई अस्थायी संरक्षण केन्द्र इटहरी पठाइएको हो ।
नाम थर बताउने बालकहरु बेवारिसे अवस्थामा फेलापरेपछि स्थानीय बासीले ईलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।
ईलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोली, स्थानिय जनप्रतिनिधी र स्थानीय पत्रकारको सहयोगमा बालबालिका खोज तलास समन्वय केन्द्र (१०४) बिराटनगरबाट खटिएको प्रहरी सहायक निरीक्षक नारायण कटुवालको जिम्मा लगाई सुनसरीको इटहरीस्थित अस्थायी संरक्षण केन्द्र (भिओसी) मा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















