झापा । 

झापाका शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित दुधेमा जंगली हात्तीले घर भत्काउँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । आइतवार (आज) बिहान राती करिब २ः२५ बजेको समयमा दुधेमा आएका चारवटा जंगली हात्तीले घर भत्काउँदा घाइते भएकी सोही स्थानकी ६१ बर्षिया कृष्णमाया भण्डारीको अस्पताल पुर्याउना साथ मृत्यु भएको हो । 

दुधमा आएका चारवटा जंगली हात्तीले सोही स्थानका ७१ बर्षिय शान्तिराम भण्डारीको व्लकबाट बनेको एक तले घर भत्काउदा उनको टाउकोमा व्लकले लागेर सामान्य घाइते भएको र भण्डारीकी श्रीमती कृष्णमाया बेहोस भएको भएकी थिइन् ।

दुबै घाईतेलाई उपचारका लागि दमक अस्पताल पठाईएकोमा कृष्णमायाको अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बिषयमा  थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।