• राजु बराल 

चन्द्रगढी ।

झापाको भद्रपु–९ स्थित रामेश्वर शिव पान्चायन मन्दिर समाबेशी धामको छैटौ साधरण सभा नयाँ नेतृत्व चयन गर्दै (आज) शनिबार सम्पन्न भएको छ । नव गठित कार्यसमितिको अध्यक्ष सरोज निरौला, वरिष्ठ उपाध्यक्ष गोपाल कृष्ण भट्टराई, उपाध्यक्ष लक्ष्मी लुइँटेल, सचिव दुर्योधन कार्की, सह–सचिव गंगाबहादुर थापा र कोषाध्यक्ष अमर अधिकारी रहेका छन् । 

सदस्यमा पुष्कर अधिकारी, मिनु बोगटी, दानबहादुर खड्का, बिनिता गौतम, कुमार घिमिरे, बालिका घिमिरे, पवन भट्टराई, रन्जु नेउपाने, डिल्लीप्रसाद थापा, इन्दिरा अधिकारी, राजन गौतम र जेनिसा भन्डारी पौडेल सर्वसम्मत चयन भएका छन् । 

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जग्गादाता भक्तबहादुर रोक्कालार्इ दोसल्ला ओढाएर कदर पत्र द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेल, भद्रपुर नगरपालिकाका उप–प्रमुख राधा कार्की, समाजसेवी बिस्णु शिवाकोटी, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफार्इ समिति अध्यक्ष चुडामणी मैनाली, केदारेश्वर शिव पान्चायन मन्दिर अध्यक्ष राजेन्द्र रिजाल, कृष्ण प्रणामी मन्दिरका अध्यक्ष गोपीकृष्ण मैनाली  लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

रामेश्वर शिव पान्चायन मन्दिर समाबेशी धामका अध्यक्ष शिवराम लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सरोज निरौलाले सञ्चालन चिरञ्जीवी भट्टरार्इले गरेका थिए । कार्यक्रममा सस्थाको बार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।