सुरुङ्गा । 

झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल रहेका पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ ।

सुरुङ्गामा संगठनको तेस्रो अधिवेशनसहितको साधारण सभामा स्थानीय पत्रकार रामप्रसाद निरौलासहित पूर्व प्रहरी संगठन कनकाईका जेष्ठ सदस्यद्वय ८३ वर्षीय अग्नीप्रसाद नेपाल र ७२ वर्षीय दलबहादुर नेपाली सम्मानित भएका हुन् ।

 पत्रकारीताको माध्यमबाट समाजको चौतर्फी विकासमा निस्वार्थ ढङ्गले कलम चलाउँदै समाज रुपान्तरणकालागि खेलेको महत्वपूर्ण भूमिकाको उच्च मुल्याङन गर्दै कनकाई—७ निवासी पत्रकार निरौलालाई सम्मान गरेको बताइएको छ । 

पत्रकार निरौलालाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, विशिष्ट अतिथि प्रहरी नायव उपरिक्षक रुगनबहादुर कुवँर साथै संगठनका नगर अध्यक्ष हरिप्रसाद सेडाई लगायतले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरेको संगठनका सचिव अम्बरवहादुर लिम्वूले जानकारी दिए ।