इटहरी।
झापाका १५ वटै पालिकाका उपप्रमुखरउपाध्यक्षहरुको दुई दिने भेला पाँच बुँदे साझा प्रतिबद्धता जारी गर्दै विहीवार मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ ।
पालिकाकोबीच सिकाइ आदानप्रदान र आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउन उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको सञ्जाल बनाइएको हो । सञ्जालको बैठक हरेक दुई महिनामा गर्ने र विभिन्न एजेन्डामा छलफल तथा निर्णय गर्ने बताइएको छ ।
पहिलो दुई महिनाका लागि सञ्जालको संयोजकमा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । सञ्जालमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् ।
उपप्रमुखहरुमा बिर्तामोड नगरपालिकाका नगेन्द्रप्रसाद संग्रौला, कनकाई नगरपालिकाका आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाका रेगिना भट्टराई प्रसाईं, भद्रपुर नगरपालिकाका राधा कार्की, गौरादह नगरपालिकाका जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाका खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाका नरमाया कार्की रहेका छन् ।
त्यस्तै सञ्जालको सदस्य रहेका पालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाका अञ्जु थपलिया, कमल गाउँपालिकाका प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाका शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाका पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाका लक्ष्मी मैनाली रहेका छन् ।