झापा ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत स्वरुप पुस १५ गते (आज) ‘तमु ल्होसार’ पर्व मनाउने गरेका छन् । तमु ल्होसारका अवसरमा शुक्रबार (आज) सरकारले सार्वजनिक बिदा दिएको छ ।
गुरुङ समुदायहरुले आफ्नो बाहुल्यता रहेका जिल्ला, गाउँपालिका, वडा तथा गाउँमा विशेष कार्यक्रमको आयोजना गरेर तमु ल्होसार पर्व मनाउने जनाइएको छ । कार्यक्रमहरुमा गुरुङ समुदायका परम्परागत तथा सांस्कृतिक भेषभुषामा सजिएर बिभिन्न परिकारको समेत प्रदर्शनी गरिने गरिन्छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँदै आएका छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।