झापा । 

जिल्ला प्रहरी कार्यालय झापाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा लैंगिक हिंसा न्युनिकरण सम्बन्धमा सरोकारवाला निकायहरुको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । 

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य बिहीवार(आज) अन्तरक्रिया भएको हो । 

कार्यक्रममा जिल्ला नगरपालिका÷गाउँपालिकाका प्रमुख तथा उप–प्रमुख, नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, प्रादेशिक अस्पताल भद्रपुर झापाका मे.सु. टंकप्रसाद बाराकोटी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीहरु रुद्र न्यौपाने र विश्वराज नेपाल, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत, नं २ सशस्त्र प्रहरी बल झापाका शसस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहोरालगायतको उपस्थिति रहेको थियो । 

त्यस्तै कार्यक्रममा भद्रपुर नगरपालिकाका सबै वडाका महिला सदस्य तथा दलित महिला सदस्य, विभिन्न सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसहित ६० जना बढीको सहभागीता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले झापा जिल्लामा लैंगिक हिंसाको वर्तमान अवस्थाको बारेमा जानकारी गराउदै  स्वागत गरेका थिए । 

कार्यक्रममा तालुक निर्देशनालयका निर्देशनालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्माले ‘लैंङ्गिक संवेदनशिल विषयका कानुन कार्यान्वनयनको अवस्था’ विषयमा पावर प्वाईन्ट प्रस्तुतिकरण गरेका थिए । 

उपस्थित सरोकारवालाले जिज्ञाशा राखेका थिए ।