धुलाबारी । 

झापा बिर्तामोडको साना मझौला साकोसको आयोजनामा निशुल्क आँखा शिबिरमा तीनसय जनाले सेवा लिएका छन् । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा भएको आँखा शिविरमा मेची आँखा अस्पताल अनारमनीको प्राबिधिक सहयोगमा सम्पन्न भएको थियो । ती मध्ये आँखाको विभिन्न समस्या भएका ३२ जनालाई  अप्रेसनका लागि रेफर गरिएको छ।

आयोजक समितिका अध्यक्ष देबिका बस्नेतको सभापतित्व र मेचीनगर–११ का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा  मेची आम्दा अस्पतालका प्रमुख   डा. पोषण रमण तृपाठी, शिबिरका प्राबिधिक संयोजक कविता कडरिया कार्की, मेची उद्योग बाणिज्य संघका महासचिव ध्रुब कनाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा सभापति कुशुम कोइराला, दुर्गा भट्टराई , शिव कुमार रेग्मी, दिपेन्द्र अधिकारी, गिरीराज धमला, पं नारायण घिमिरे, ओकेन्द्र रायमाझी लगायतको आतिथ्य रहेको थियो ।

अनिता मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन  चन्द्रकुमार भट्टराईले गरेका थिए ।