झापा ।

 झापाका पत्रकार ज्ञानेन्द्र निरौलाले नेपाल प्रेस युनियनको प्रदेश १ को महासचिवमा उम्मेद्वारी दिने भएका छन् । बिराटनगरमा हुने युनियनको प्रदेश अधिवेशनमा निरौलाले उम्मेद्वारी दिने भएको हुन् । 

प्रेस युनियन झापाको बुधवार (आज) भएको भेलाले आगामी पुस २३ र २४ गते हुने प्रदेश अविबेशनमा निरौलालाई प्रदेश नं. १ को महासचिवमा उम्मेद्वार बनाउने निर्णय गरेको युनियन झापाका कार्यबाहक सभापति गिरीराज भट्टराईले जानकारी दिएका छन् । 

प्रेस युनियनको प्रदेश समितिको उपयुक्त पदमा झापाका खेम बराललाई पनि उम्मेद्वार बनाउने भेलाले निर्णय गरेको भट्टराईले बताए । युनियनको प्रदेश अधिवेशनमा ३ सय बढी मतदाता हुने बताईएको छ ।