तेह्रथुम ।
ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको नव निर्मित कार्यालय भवनकोउद्घाटन भएको छ । कार्यालयको मंगलबार (आज) एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले उद्घाटन गरेका हुन् ।
भवन उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए ।
साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै जोस र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन भएको हो ।
कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधीहरुलगायत स्थानीयवासीहरु उपस्थिति रहेको थियो ।