झापा ।
स्वावलम्बन विकास केन्द्रको ३१ औं साधारणसभाले दुई बर्षे कार्यकालका लागि सात सदस्यीय प्रबन्ध समितिको चयन गरेको छ ।
समितिको अध्यक्षमा केन्द्रका संस्थापक सदस्य शंकरमान श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा झापाका महेन्द्रकुमार गिरी पुनः सर्वसम्मत चयन भएका हुन् । गिरी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।
समितिको कोषाध्यक्षमा मानुषी लद्युवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक शोमा बज्राचार्य चयन भएकी छिन् । त्यस्तै सदस्यहरुमा डा. सुमित्रा मानन्धर गुरुङ, किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर साह, चार तारे युवा क्लबका अध्यक्ष चण्डीप्रसाद शर्मा र नेपाल महिला सामुदायिक केन्द्रका सहसचिव गीताकुमारी योगी गिरी चयन भएका छन् । काठमाडौंमा सम्पन्न साधारणसभाले उक्त समिति सर्वसम्मत चयन गरेको हो ।