• रन्जित परियार 

बिर्तामोड । 

सागर सिलाई मेसिन बिर्तामोडका सञ्चालक महमद कमरुजमा अन्सारीको उपचारका क्रममा मृत्यु भएको छ। अन्सारी ८४ बर्षको उमेरमा भारतको बिहारको दरभङ्गामा क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरी जिल्लाको दुहबीबाट झापाको शनिश्चरे बजारमा २०२२ सालमा आएर पूर्वान्चल क्षेत्र कै पहिलो सिलाई मेसिन बिक्री र मर्मतको कार्य गर्दै आएका अन्सारी बिर्तामोड बिस्तारसँगै बिर्तामोडमा आएका थिए ।

मेसिन खरिद तथा मर्मतका लागि तेह्रथुम धनकुटादेखि इलाम ताप्लेजुङ लगायत स्थानबाट आउने गरेको र पहिले सिलाई  पेशा परियारहरुले मात्र गर्ने भए पनि अहिले उद्योगको रुपमा सञ्चालन र सबै जातिले ब्यवसायको रुपमा गर्न थालेपछि अझ चाप बढेको हो ।

पूर्वान्चल कै एक मात्र पुरानो बिक्री तथा मर्मत केन्द्र रहेको जेठा छोरा साबिर अन्सारीले बताए । चार छोरा र पाँच छोरी रहेकोमा माइला सादिर पुराना स्काभेटर प्राबिधिक हुन भने साइला राजिक कान्छा अब्दुल खालिक आफ्नै पेसा गर्दै आएका छ्न् ।  छोरीहरुको बिबाह भैसकेको छ।