कालिस्थान । 

झापाको अर्जुनधारा नगरपालिकाको गार्गी वाङ्गमय प्रतिष्ठानले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्रतिष्ठानले यस चालू बर्षमा पुस्तकालय स्थापना गर्ने पुस्तकालयमा संस्कृति जगेर्ना गर्ने खालका संस्कृत, नेपाली र साहित्यक पुस्तकहरु राखीने निर्णय गरेको छ । यसै क्रममा दुर्गा पूजा समितिले ३५ हजार एक सय एघार प्रदान गरेको छ ।

गौरिमाया थपलियाले आजिवन सदस्यका लागि पाँच हजार रुपैयाँ हस्तान्तरण गरेकी छिन् । सस्थापक अग्रज साहित्यकार एवम् शिक्षक  स्वर्ग रोहिणिबिलास लुइँटेलको प्रकाशित साहित्य कृतिहरु पुस्तकालयलाई हस्तान्तरण गर्ने  साथै महिला बालबालिका सम्बन्धि कार्य गर्ने उपाध्यक्ष उनका छोरा रवणबिलास लुइँटेलले बताए। 

प्रतिष्ठानका अध्यक्ष नरेन्द्र अधिकारीको अध्यक्षता तथा वडाध्यक्ष भीष्म मिश्रको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा अतिथि खड्कमाया पौडेल, बेदमाया चापागाईं अनिता नेपाल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै सहजीकरण सचिव केदारप्रसाद पोखरेलले गरेका थिए ।