हल्दिबारी । 

नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उप–शाखाको १९ औं उप–शाखा सभा तथा ७ औं अधिवेशनको संविधानसभा सदस्य पूर्णप्रसाद राजवंशीले (आज) आइतबार उद्घाटन गरेका छन् ।

 उपशाखा सभापति कर्णखर प्रसाईको सभापतित्व तथा संविधान सभा सदस्य पूर्णप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले सभापतिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन तथा निति तथा कार्यक्रमहरु सर्वसम्मतले पारित गरेको छ ।

उक्त साधारण सभाको अवसरमा उपशाखाले जेष्ठ नागरिक रेडक्रस कर्मिहरु क्रमश नरेन्द्रकुमार कार्की, होमनाथ दाहाल, चक्रप्रसाद खरेल, बेदकुमारी नेपाल, गंगाप्रसाद उप्रेती, जमन्ता दाहाल, लयप्रसाद शिवाकोटी, थिङनबहादुर राई, ताराप्रसाद पराजुली, गंगा कार्की, नरेन्द्र ढकाल, धनबहादुर बस्नेत, हरिप्रसाद ढुङ्गाना, पञ्चबहादुर तामाङ्गलाई सम्मान गरिएको थियो ।

उक्त साधारण सभालाई प्रमुख अतिथि संविधान सदस्य राजवंशी, वडाध्यक्ष शुकलाल राजवंशी, जलथल उप–शाखाका सभापति रेम खरेल, पूर्व हल्दिबारी उपशाखा सभापति सोमबहादुर तामाङ्ग, सम्मानित ब्यत्तित्व नरेन्द्रकुमार कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका उपसभापति लक्ष्मीप्रसाद खनालले स्वागत गरेको कार्यक्रमको सहजिकरण संस्थाका सचिव हरिकृष्ण अधिकारीले गरेका थिए । 

संस्थामा २ सय ३२ जना आजिवन सदस्य र १ जना विशिष्ट सदस्य रहेको छन् भने आगामी कार्यकालको लागि निर्वाचन तालिका समेत प्रकाशित गरेको छ । सभापति, महिला उपसभापति, सचिव, कोषाध्यक्ष, उप सचिव, उपकोषाध्यक्ष, महिला सदस्य एक–एक जना र ४ जना खुल्ला सदस्य गरि ११ पदमा निर्वाचन हुने निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।