- सुदीप गिरी
हल्दिबारी ।
सनातन धर्म सेवा समितिको स्थानीय शाखा राधाकृष्ण किर्तन मण्डली डाडागाउँ स्थानीय शाखा हल्दीबारी–३ झापाको चौथों वार्षिक साधारणसभा आईताबार (आज) सम्पन्न भएको छ। संस्थाका कार्यकारिणी समितिका सभापति रामप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाका सचिब लक्ष्मीप्रसाद दंगालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि हल्दीबारी वडा नम्बर ३ का वडाध्यक्ष बिष्णुप्रसाद ओली, वडा नम्बर ३ का वडा सदस्य अजितकुमार बिष्ट त्रियुगेश्वर शिव पाञ्चायन मन्दिर ढडुवाका सचिब तारा ढुङ्गेल जग्गादाता चन्द्रप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत संस्थाकि सह–सचिब दिलकुमारी कुँवरले गरेकि थिईन् । कार्यक्रमको उद्घाटन लक्ष्मीप्रसाद दंगालले गरेका थिए । बिगत वर्ष कोरोना कहरले साधारणसभा गर्न नसकेको अध्यक्षको आज्ञाले अध्यक्षको वार्षिक प्रतिबेदन उपाध्यक्ष सुदीप गिरीले वाचन गरेका थिए। आम्दानी तर्फ जम्मा २ लाख ७० हजार रहेको र जम्मा खर्च २ लाख ३५ हजार रुपैयाँ भएको, ३० हजार रुपैयाँ विभिन्न सदस्यहरूलाई लगानी गरिएको र नगद ५ हजार रूपैयाँ कोषमा रहेको विवरण पेश गरिएको थियो।
उक्त साधारणसभा तथा अधिवेशनले कार्यकारिणी समिति बिगठनगरी सर्वसम्मत रुपमा नया १३ सदस्य कार्यकारिणी समिति निर्वाचित गरेको छ। नव गठित समिति सभापतिमा रामप्रसाद न्यौपाने, उप–सभापतिहरू सुदीप गिरी र यसोदा निरौला, सचिबमा कृष्णप्रसाद भट्टराई, कोषाध्यक्षमा चन्द्रप्रसाद दाहाल, सहायक सचिब दिलकुमारी भट्टराई र सदस्यहरूमा प्रेमलाल बस्नेत, कृष्णप्रसाद निरौला, सरिता भट्टराई, लक्ष्मीप्रसाद बस्नेत, सरीता कार्की, तेजबहादुर भण्डारी, मानबहादुर पौडेल रहेका छन् ।
कार्यक्रम वडा सदस्य अजितकुमार बिष्टले संस्थालाई अझ अगाडि बढाउनका निमित्त कार्यकारिणी समितिका सदस्यहरू सक्रियता साथ लाग्नुपर्ने र आगामी दिनमा वडाले खेल्नु पर्ने भुमिकासहित साथ सहयोग निरन्तर रहने बताएका थिए । ३ नम्बरका वडाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि बिष्णुप्रसाद ओलीले मन्दिरको लागि ईन्टरलक ईटा बिछ्याउनका लागि वडा कार्यालयले ५० हजार बजेट बिनियोजन गरेको जानकारी दिए । उनले वडाले आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता जनाए ।
प्रमुख अतिथि सनातन धर्म सेवा समिति जिल्ला शाखा सचिब लक्ष्मीप्रसाद दंगालले छोटो समयमा राधाकृष्ण किर्तन मण्डली डाँडागाउँ स्थानीय शाखाले ठुलो सफलता हासिल गर्न सफल भएको बताए । उनले मन्दिरको लागि आश्यक जग्गा अलि साघुरो भएकाले जग्गा थप्न कोशिष गर्नुपर्ने संस्थालाई आर्थिक रूपमा सबल बनाउन एक पटक लागि पर्न आवश्यक रहेको बताए । नव निर्वाचित सभापति रामप्रसाद न्यौपानेले संस्थालाई अब थप व्यवस्थित बनाउदै लैजाने र आर्थिक पाटोलाई सबल बनाउन चालू आबमा श्रीमत् भागवत महापुराण आयोजना गर्ने लक्ष्य रहेको बताए । कार्यक्रमको सञ्चालन संस्थाका उप–सभापति सुदीप गिरीले गरेका थिए ।