झापा । 

झापाको गौरीगञ्ज गाउँपालिका–६  डौवाबारीमा  रहेकोे नगेन्द्र ढकाल घरै छेउमाको धानमा आगलागी भएको छ । 

धानमा थ्रेसर लगाउने क्रममा (आज) आइतबार बिहान करिब ११ बजे आगलागी भएको हो । ढकालको पौन दुई विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर पराल समेत  जलेर नष्ट भएको छ ।

स्थानीयको सहयोगमा केही धान मात्र जल्नबाट बचाएको पीडित ढकालले जानकारी दिनुभयो  । गौरादह, दमक, इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी र स्थानीयवासीले सहयोगमा करिव  डेढ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।