झापा । 

मार्क्सवादी ज्ञान केन्द्रले १५ औँ चरणको पाँच दिने कक्षा सञ्चालन गर्ने भएको छ। आगामी पुस १७ गतेदेखि २१ गतेसम्म कक्षा सञ्चालन हुने जनाइएको छ । 

१५ औँ चरणमा उत्तरआधुनिकतावादी दर्शन, विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव, आजको राजनीति र सम्भावित परिदृश्य, राजनीतिमा सूचना प्रविधिको प्रयोग र चुनौती, अंश र वंशमा बाध्यकारी कानुन लगायतका विषयमा कक्षा सञ्चालन हुने ज्ञान केन्द्रले जनाएको छ।

 भर्चुअल माध्यमबाट हुने ज्ञान केन्द्र कक्षामा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू, केन्द्रीय विभाग, प्रदेश समिति र आजीवन सदस्यहरू सहभागिता रहनेछ।

त्यस्तै पुस १५ गतेसम्म सबै प्रदेश समिति र विभागीय समितिका बैठकहरू सम्पन्न गर्ने र मार्क्सवादी ज्ञान केन्द्रलाई नीति, योजना, पाठ्यक्रम, कार्यक्रम र संगठनमा परिष्कृत गरिने जनाइएको छ ।