झापा ।

झापाको मेचीनगर नगरपालिका–८ बाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा शनिवार (आज) जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले सडक छेउमा रहेको पुरानो गोठमा वेवारीसे अवस्थमा रहेको करिव २० लाख मुल्य बरावरको कपडा र मोटर पार्टस बरामद गरेको हो । 

बरामद भएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुभाईएको प्रहरीले जनाएको छ ।