झापा । 

घाँस काट्ने हरिया प्रहार गरी जेठाजुको हत्या गर्ने बुहारी झापामा पक्राउ परेकी छिन् । हत्या गरिएका ५५ बर्षिय पदमलाल बास्तोलाको अनुसन्धान गर्ने क्रममा बुहारी ४८ बर्षिया रनमाया बास्तोलाले हत्या गरेको खुलेको पछि पक्राउ गरिएको हो । 

गत पुस ६ गते झापा शिबसताक्षी नगरपालिका वडा नम्बर १० टेक्रा स्थित माईखोलाको पूर्व साईडको बगरको डिलको कास घाँरीमा हत्या गरिएका ५५ बर्षिय बास्तोलालाई बुहारी रनमायाले हत्या गरेको खुलेको हो । 

कनकाई नगरपालिका वडा नं. ४ पदमलाल मृत अवस्थामा भेटिएका थिए ।  प्रहरीले घटनाको बिषयमा अनुसन्धान गर्ने क्रममा शुक्रवार सोही स्थानकी मृतकको आफ्नै बुहारी (भाईको श्रीमती) रनमाया माथि शंका लागेर नियन्त्रणमा लिएर सोधबुझ गर्दा पस ६ गते मृतकसँग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी हत्या गरेको खुलेको जनाइएको छ । 

रनमायालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।