उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–१५ ज्यामिटारमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा २८ बर्षीया पार्वती बिश्वाकर्मा रहेकि छिन् ।
आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा उनलाई करेन्ट लागेर घटना स्थलमा नै मृत्यु भएको थियो । उनका श्रीमान रुपेश बिश्वाकर्मा श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागेर घाईते भएका थिए ।
घाइते बिश्वाकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।