सुनसरी । 

सुनसरीको धरान उप–महानगरपालिका–९ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान–१९ का ४३ बर्षीय विरेन्द्र लिम्बु रहेका छन् । को ३२ प ८२३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना  हुँदा घाईते भएका लिम्बुको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।