झापा। 

झापाको हल्दिबारी गाउँपालिकाका सामाजिक अभियानकर्मी अभिषेक खतिवडाले शुक्रवार (आज) जन्मोत्सवको अवसर पारेर विद्यार्थीहरुलाई न्यायो उपहार बाढेका छन्। खतिवडाले हल्दिबारी–३ मा रहेको आफू कार्यरत श्री प‍न्चायत माध्यमिक बिद्यालय कक्षा–१ का सम्पूर्ण विद्यार्थीलाई न्यानो उपहार स्वरुप स्वेटर बाडेका हुन् । 

शब्दपत्र अनलाइनसँग  कुरा गर्दै खतिवडाले अवको युवा पिडिले खुशीयाली साट्ने अवसर जस्तै जन्मोत्सव, बेबि सावर, इंगेजमेन्ट, युनिभर्सरी लगायतमा खर्चिलो सग होटल, क्याफे र भेला भएर खानपिनमा खर्च गर्नु भन्दा रचनात्मक हिसाबले जन्मदिन मनाएको बताए । खतिवडाले जन्मोत्सव नै आउनु आवश्यक नभएको बताउँदै केही समय यता जन्मोत्सव पनि रचनात्मक र भिन्न हिसाबले मनाउदै आएका छन् ।

खतिवडाले केही समयदेखि टिनएजरहरुलाई प्रेरणा मिलोस र युवाहरुलाई रक्तदानमा प्रेरणा मिलोस भन्ने सोचले पनि आफू निरन्तर सामाजिक कामसँगै प्रत्येक ३–३ महिनामा न्यमित बिरामीको लागि सहजीकरण गरी रक्तदान गरेको बताए ।