- सुदीप गिरी
हल्दिबारी ।
सनातन धर्म सेवा समितिको स्थानीय शाखा त्रियुगेश्वर शिव पाञ्चायन मन्दिर झापाको हल्दीबारी–३ को छैटौं वार्षिक साधारणसभा शुक्रबार (आज) सम्पन्न भएको छ।
मन्दिर सञ्चालन समितिका सभापति बालकृष्ण ढुङ्गेलको सभापतित्वमा भएको कार्यक्रममा सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाका सचिब लक्ष्मीप्रसाद दंगालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरू वडा नम्बर ३ का वडा सदस्यहरू अजितकुमार बिष्ट र कर्ण बहादुर भण्डारी लगायत अतिथिहरू राधाकृष्ण मन्दिर डाडाँगाउँ स्थानीय शाखाका सभापति रामप्रसाद न्यौपाने, छबिराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य उपसभापति तारा ढुङ्गेलले गरेकि थिईन् । कार्यक्रमको उद्घाटन लक्ष्मीप्रसाद दंगालले गरेका थिए । बिगतमा कोरोना कहरले साधारणसभा गर्न नसकेको कारण क्षमा याचना माग्दै अध्यक्षको आज्ञाले प्रतिबेदन सचिब बिष्णुप्रसाद ओलीले वाचन गरेका थिए। आम्दानी तर्फ जम्मा ७ लाख ३७ हजार ८०० रहेको र जम्मा खर्च २ लाख २१ हजार ७०० रुपैयाँ भएको, ५ लाख ११ हजार रुपैयाँ लगानी विभिन्न सदस्यहरूलाई गरिएको नगद २ हजार पाँचसय रूपैयाँ कोषमा रहेको विवरण पेश गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट दाताको रूपमा खिनामाया गिरीलाई दोसल्लासहित सम्मानित गरिएको थियो भने पुराना मुष्टिदाताहरू तर्फ हिरामाया कार्की, गंगादेबि गौतम, धनमाया परियार, गलसरी मेचे र मेनुका काफ्लेलाई सम्मान गरिएको थियो ।
उक्त साधारणसभा तथा अधिवेशनले सर्वसम्मत रुपमा नव समिति निर्वाचित गरेको छ। नव गठित समिति सभापतिमा बालकृष्ण ढुङ्गेल, उपसभापतिहरू गोमा भट्टराई सिग्देल र माया भट्टराई मैनाली, सचिबमा तारा ढुङ्गेल, कोषाध्यक्षमा बेदनाथ गिरी, सहायक सचिब यामलाल आचार्य र सदस्यहरूमा अम्बिका भट्टराई गिरी, मीना अधिकारी दाहाल, दाताराम खतिवडा, दुर्गा बहादुर न्यौपाने, हरिचन्द्र आचार्य, दिल बहादुर गुरूङ, कुन्तिदेबि गिरी, ईन्दिरा आचार्य, ओमलाल गिरी, चन्द्र परियार, गलसरी मेचे रहेका छन् ।
त्यसैगरी भेलाले तीन सदस्य लेखा समिति समेत गठन गरेको छ। समितिको संयोजक उमा भण्डारी सदस्यहरू पार्वता अधिकारी र बिन्दा गिरी रहेका छन् । त्यस्तै नौ सदस्य सल्लाहकार समिति समेत गठन भएको छ । कार्यक्रमको सञ्चालन संस्थाका सचिब तथा हल्दिबारी ३ का वडाध्यक्ष बिष्णुप्रसाद ओलीले गरेका थिए ।