सुरुङ्गा ।
कनकाई सामुदायिक वन उपभोक्ता समुहको २१औं टोल प्रतिनिधि भेला सम्पन्न भएको छ । समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षता तथा कनकाई नगरपालिका–३ का वडाध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यमा बिहीबार (आज) सामुदायिक वनमा कार्यक्रम सम्पन्न भएको हो ।
वनसँग प्रत्यक्ष जोडिएका ३४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलामा अध्यक्ष ओलीले वन संरक्षण समिति लगायत ९ औ कार्यसमितिको चौथो बर्षको कार्यक्रमको मुल्यांकन साथै दशौ कार्यसमितिको प्रथम बर्षको बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसैगरी अध्यक्ष ओलीले आर्थिक बर्ष २०७८÷७९ मा समुहबाट सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समुहबाट सञ्चालन गरिने निति तथा कार्यक्रमका साथै चालू आर्थिक बर्ष २०७९÷८० मा विभिन्न शिर्षकबाट आम्दानीतर्फ र खर्चतर्फ समेतको अनुमानित आय व्यय १ करोड ८९ हजार २ सय ३७ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदन भेलामा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बन समुहका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक श्रीप्रसाद खरेलले समुहको २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्त सम्ममा समुहलाई १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। खरेलले समुहको २०७९÷८० को अनुमानित आम्दानी तथा खर्चको बार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत पेस गरेका थिए । कार्यक्रमा प्रमुख अतिथि कनकाई वडा नं ३ का बडाध्यक्ष युवराज चौलागाईं, विशेष अतिथि कनकाई वडा नं. २ का वडाध्यक्ष बलराम राई, सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख सुरेशकुमार खनाल, अतिथिहरु हरिभक्त सिटौला, नारायण ओली, भीष्म मैनाली, गोविन्द पौडेल, सूर्य उप्रेती लगायतले विभिन्न सुझाव सहितको शुभकामना मन्तब्य राखेका थिए ।
स्वागत वन समुहका सह–सचिव केशव संग्रौलाले गरेको कार्यक्रमको सञ्चालन समुहका सचिव मान्तादेवि काफ्ले खरेलले गरेकी थिइन् ।