झापा ।
झापा मेचीनगर नगरपालिका वडा नम्बर १० कनिष्का धर्मकाटाबाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले भारत राज्य पश्चिम बंगाल दार्जीलिङ नक्सालबारी ग्राम पञ्चायत कवलाजोतका २३ बर्षिय सारदिन महमदलाई पक्राउ गरेको हो ।
महमदलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४५ ग्राम फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका महमदलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।