सुरुङ्गा। 

झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले टोल सुधार समितिमा आवद्ध महिलाहरुलाई निर्धक्कसँग वोल्न तथा कार्यक्रम सञ्चालन गर्न सक्षम बनाउने उद्धेश्यले उद्घोषण तथा लेखन तालिम प्रदान गरेको छ । 

वडा कार्यालयको आयोजनामा पाँच दिने उद्घोषण तथा लेखन तालिम बुधबारबाट शुरु गरेको हो । कनकाई–७ मा गठन गरिएका टोल सुधार समितिमा आवद्ध महिलाहरुलाई सक्षम बनाउने उद्धेश्यले उद्घोषण तथा लेखन तालिमको आयोजना गरिएको वडा सदस्य अरुणा सुव्वाले बताइन् । 

कनकाई –७ का वडाध्यक्ष भिष्मभुषण सिटौलाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य अरुणा सुव्वाले स्वागतसहित औचित्यमाथी प्रकाश पारेकी थिइन् ।

 कार्यक्रममा वडा सदस्य भगन टुडु, कार्यपालिका सदस्य हरिलाल खवासर, ईश्वरी शिवाकोटीलगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण पत्रकार तुलसीप्रसाद निरौलाले गर्ने जनाइएको छ ।  तालिममा टोल सुधार समितिमा आवद्ध  ३३ जना महिला र जनप्रतिनिधीसहित ३५ जनाको सहभागिता रहेको जनाइर्एको छ ।  उद्घाटन कार्यक्रमको सञ्चालन  कनकाई –७ का वडासदस्य निर्मल आङथुपोले गरेका थिए ।