तेह्रथुम ।
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–७ मा ट्रकको ठक्करबाट सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउँपालिका–४ उदयपुरका २५ बर्षीय दीपक राउत रहेका छन् ।
प्रदेश नम्बर १–००२–००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह–चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएर घटना बिषयमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।