झापा । 

झापाको बाह्रदशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नं.१ का ३७ बर्षिय जगतबहादुर भुजेको जंगली हात्तीको आक्रमणबाट मंगलबार (आज) मृत्यु भएको प्रहरीले जनाएको छ । 

आज १६ः२० बजेको समयमा बाह्रदशी–१ का भुजेल कचनकवल गाउपालिका वडा नं.१ स्थित रहेको पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घाँस दाउरा गरी फर्केने क्रममा हात्तीले आक्रमण गरेको थियो ।

  सामुदायिक वनसँग जोडिएको यज्ञ ओलीको खेतबारीमा सोही सामुदायिक वनबाट अचानक आएको जंगली हात्तिले आक्रमण गर्दा भुजेलको मृत्यु भएको हो । घटनाका  बिषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।