झापा ।
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसहर समुदायका हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र सोही नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
ज्यालादारीको काम गर्ने पिडारीका रमेश मंसिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ।
स्थानीय मुसहरको पनि लगाउने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा मृत्यु भएको जनाइएको छ । चिसो प्रभावितका लागि गैरसरकारी संस्थासँग समन्वय गरी कम्बल बाँड्ने तयारी भइरहेको बताइएको छ ।