झापा । 

झापाको चारआली जंगलमा दम्पती मृत फेला परेका छन् ।  अर्जुनधारा वडा नं. ११ का नेत्रकुमार इङ्नाम लिम्बू र उनकी कान्छी श्रीमतीे मृत फेला परेको प्रहरीले जनाएको छ ।

चारआलीको पाउ पाथिभरा मन्दिरबाट एक किलोमिटर पश्चिमबाट अढाई किलोमिटर दक्षिणमा ५२ बर्षीय इङ्नाम र नाम खुल्न बाँकी उनकी कान्छी श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ । सडेगलेको अवस्थामा शव फेला परेको र उनीहरुको सनाखत भइसकेको जनाइएको छ।

शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको  र घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।