झापा । 

झापाको मेचीनगर नगरपालिका–१३ मा भएको सवारी दुर्घटनामा  एक जनाको मृत्यु भएको छ । ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकि रोङ गाउपालिका–६  इलामकि २३ बर्षीया उषा राई घाईते भएकि थिइन् । 

उनको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक पाँचथर मिक्लाजुङका सुन्दरराज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।